नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको रोचक जीवनकथा

नेकपा एमालेले चितवनमा सम्पन्न गरेको ऐतिहासिक दशौँ राष्ट्रिय महाधिवेशनपछि २०७८ मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न पार्टीको दोश्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पार्टीको विदेश विभागमा रहेर महत्वपूर्ण योगदान पुर्याएका नुवाकोट २ (क) बाट निर्वाचित प्रदेश सांसद केशवराज पाण्डेलाई बागमती प्रदेशको अध्यक्षमा जिम्मेवारी दियो।

अनेरास्ववियुबाट राजनीतिक जीवनमा प्रवेश गरेका विज्ञान र समाजशास्त्रका स्नातकोत्तर उपाधि प्राप्त पाण्डे कसरी राजनीतिमा प्रवेश गरे ? बागमती प्रदेश संगठन कमिटीको अध्यक्ष हुनुपूर्व उनले पार्टी तथा सामाजिक जीवनमा के-के योगदान पुर्याए।  नेकपा एमाले बागमती प्रदेश अध्यक्ष पाण्डेसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको उनको जीवनकथा :

पारिवारिक पृष्ठभूमि :

बुवा पर्शुराम पाण्डे र आमा मगंला गौरी पाण्डेका पाँच छोरी र २ छोराहरु मध्ये परिवारको माइलो सन्तान र जेठो छोराको रुपमा वि.सं २०२२ साउन २१ गते नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं. १३ दाङमईमा केशबराज पाण्डेको जन्म भएको हो।

पंचायती व्यवस्थामा राजनीतिमा सक्रिय बुवाबाट परिवारका जेठा छोरा पाण्डेमा राजनीतिक चेतना शुरु भएको देखिन्छ । २०४६ सालमा विष्णुमाया कँडेलसँग प्रेम विवाह गरेका पाण्डेका १ छोरी १ छोरा छन्।

अध्ययनः

गाउँकै श्री शक्ति मा.वि.बाट कक्षा ५ सम्मको अध्ययन पुरा गरेका पाण्डेले काठमाडौँको शान्ति शिक्षा मन्दिरमा कक्षा ६ देखि एस.एल.सी.सम्मको पढाई पुरा गरे ।

पुरा जीवनी पढ्न यसमा क्लिक गर्नुहोस्

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको रोचक जीवनकथा


Read Previous

«

Read Next

»