Communist Party of Nepal(UML)

नेकपा एमालेबारे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था हो। यसले मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति र सम्पूर्ण जाति, भाषा एवम् संस्कृतिका जनसमुदायको हितलाई प्रतिनिधित्व गर्दछ । यसको स्थापना २२ अप्रिल, १९४९ तदनुसार १० बैशाख, २००६ मा भएको हो। बिक्रम् सम्बत् २०१७ पछि नेपाली राजनीति र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखापरेका सैद्धान्तिक एवम् राजनीतिक मतभेदहरूका कारण यस पार्टीमा विभाजन भई अनेकौँ समूह बनेका थिए । तीसको दशकबाट सुरु भएको पुनर्गठन र एकीकरणका क्रममा निर्मित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच ३ जेठ, २०७५ तदनुसार १७ मे, २०१८ मा एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ ।

यस पार्टीको रणनीतिक लक्ष्य अर्थात अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद होर यो समाजवाद उन्मुख छ । यो पार्टी समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ । यस पार्टीले स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका शान्तिपूर्ण र सशस्त्र सङ्घर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा शान्तिपूर्ण जनआन्दोलन र संसदीय सङ्घर्षको बाटोबाट अघि बढेको नेकपा (एमाले) र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा (माओवादी) को पहलकदमी र नेतृत्वमा सम्पन्न २०६२÷६३ को जनक्रान्तिबाट राजतन्त्रको अन्त्य गरी सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकता जस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको छ ।




पार्टी प्रदेश नेतृत्व

केशवराज पाण्डे (अध्यक्ष)

अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएका पाण्डेले विज्ञान र समाजशास्त्रका स्नातकोत्तर पुरा गर्नु भएको छ। एशियाली विधार्थी संगठन (आशा)को २ कार्यकाल सचिव हुनुभएका पाण्डेले नेकपा एमाले विदेश विभाग सचिवको रुपमा एक कार्यकाल जिम्मेवारी समेत बहन  गरिसक्नु भएको छ।

काशीनाथ अधिकारी (ईन्चार्ज)

नेकपा (एमाले) स्थायी कमिटी सदस्य कमरेड काशीनाथ अधिकारी नेकपा (एमाले) बागमती प्रदेश कमिटीको ईन्चार्ज हुनुहुन्छ।